बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नेपालमा को सत्तामा रहन्छ भन्ने चीनलाई फरक पर्दैन’

मङ्गलबार, ०७ पुस २०७७, २० : ४५
मङ्गलबार, ०७ पुस २०७७

नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स'मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’  र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको हो । नेपालको आन्तरिक मामिला र कम्युुनिष्ट पार्टीको आन्तरिक विवाद सुुल्झाउन चिनियाँ राजदूत होऊ यान्छीले भूमिका खेलेको भन्दै पार्टी विभाजनले चीनलाई दुखित बनाएको समाचारमा उल्लेख थियो । 

त्यसलाई चिनियाँ सरकारी सञ्चारमाध्यमले यसरी खण्डन गरेको छ । ‘यस प्रकाशनले (हिन्दूस्तान टाइम्स) ले चीन र दक्षिणपूर्वी एशियाली देशहरुबीच दूरी बढाउनका लागि दीर्घकालिन रणनीति अपनाएको देखिन्छ,' लेखमा भनिएको छ ।

लङ सिङचुनको लेखमा चीनले दुवै पक्षको हितका लागि नेपालमा स्थिर सरकारको मात्र आशा गरेको स्पष्ट पारेका छन् । नेपालमा को सत्तारुढ पार्टी रहन्छ भन्ने चीनको कुनै रोजाइ नरहेको बताउँदै उनले चीनले नेपालको कुनै पनि सत्तारुढ पार्टीलाई समर्थन, दबाब वा जबर्जस्ती नगरेको स्पष्ट पारे ।

‘बरु भारतले नेपालमाथि दबाब बनाउने गरेको छ, नाकाबन्दीसम्म लगाएर,’ लेखमा भनिएको छ । चीनको संयोजनकारी भूमिकालाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप भनेर बुझ्न नहुने बताउँदै भारतीय पक्षको आरोप निराधार भएको बताइएको छ ।

भारतीय मिडियाले नेपाल–चीन सम्बन्धलाई चिढाउन खोज्ने प्रयास गरे पनि यसले ठूलो असर नपार्ने लेखमा दाबी गरिएको छ ।

लेखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले नेपाली जनताले अपेक्षा गरेको स्थायित्व र आर्थिक विकासमा असर पुर्याउनेमा चिन्ता पनि व्यक्त गरिएको छ । देश पुनः राजनीतिक अस्थिरतातर्फ अग्रसर भएकोमा लेखमा दुःख व्यक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप