बाइडेनलाई दिइयो कोभिड–१९ को खोप

नेवार्क, डेलावेयर । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो ।
त्यस अवसरमा बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग आग्रह गरेका थिए । हालसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोनाभाइरस विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा जारी छ ।
उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने अर्को साता खोप लिने कार्यक्रम छ । यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गत साता नै खोप लिइसकेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिने बारेमा केही बताएका छैनन् ।
अमेरिकामा हाल फाइजर–बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार