कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए ।
स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताए । सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउनेगरी गृहकार्य गरिरहेको पनि राष्ट्रपति इभानको भनाई थियो ।
कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ । उनले भने– ‘आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रुअरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।’
उनले खोप ल्याउने र आम रुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिएका छन् । त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको पनि उनले बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल