कृष्ण भजन ‘अलमल नगरौं’मा अन्जली
मङ्गलबार, ०७ पुस २०७७, १२ : १७
काठमाडौं । अन्जली अधिकारी पछिल्लो समय म्युजिक भिडियोमा चलेकी मोडल हुन् ।
लोक, आधुनिक होस् वा भजन सबै प्रकारको गीतमा उनको मोडलिङ देख्न सकिन्छ ।
यस्तैमा गायक लोक पौडेलको कृष्ण महिमा झल्कने भजन ‘अलमल नगरौं’मा पनि अन्जलीको मोडलिङ रहेको छ ।
समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न अनुरोध गरिएको भजनमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन् ।
भिडियोमा अन्जली अधिकारीलाई मोडलिङमा राज खड्काले साथ दिएका छन् । बुद्ध थापाको छायाँंकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियो राज खड्काले निर्देशन गरेका हुन् ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस