बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

ओली समूहको बैठक अझै सुरु हुन सकेन

मङ्गलबार, ०७ पुस २०७७, १० : ३८
मङ्गलबार, ०७ पुस २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यहरुको बैठक अझै सुरु हुन सकेको छ । बैठक आज बिहान ९ बजेलाई प्रधानमन्त्री निवास बालुवाटरमा बोलाइएको थियो ।

तर, साढे १० बज्दा पनि बैठक सुरु हुन नसकेको हो । बैठकस्थलमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलगायत पुगिसकेका छन् । यद्यपि, अझै केन्द्रीय सदस्यहरु आउन बाँकी रहेका कारण बैठक शुरु हुन ढिलाइ भइरहेको बताइएको छ ।

आज नै अर्का अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समुहले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् । मंगलबार बस्ने दुवै पक्षको केन्द्रीय कमिटी बैठकपछि पार्टी विभाजनले औपचारिकता पाउने सो पार्टीकै नेताहरुले बताएका छन् । सोमबार दुवै पक्षले सांसदहरूको बेग्लाबेग्लै भेला र हस्ताक्षर गरेर तयारी पूरा गरिसकेका छन् । राष्ट्रिय सभा र विघटित प्रतिनिधिसभा दुवै सदनका सांसदको संयुक्त भेलापछि उनीहरूले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप