उपल्लो डोल्पामा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ ।
उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । उनका अनुसार झण्डै एक हजार क्विन्टल चामल बाटोमा जाँदैछ । सदरमुकाम दुनैसम्म यातायातका साधन हुँदै सोभन्दा माथि खच्चडमा ढुवानी गरिएको उनको भनाइ छ ।
चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा यो वर्ष नेपाली भूमिबाट नै खाद्यान्न ढुवानी कार्य भएको हो । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ । दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतबाट डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शेफोक्सुण्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ । धोसम्म आठ हजार ४८०, ढारगाउँसम्म नौ हजार ४९० र साल्दाङसम्म १० हजार ९९५ प्रतिक्विन्टल चामल ढुवानी भइरहेको हो ।
माथिल्लो डोल्पाका स्थानीयवासीले अनुदानको मोटो चामल चार हजार ९०० र जिरामसिनो चामल रु छ हजार ६०० मा किन्न पाउने कम्पनीले जनाएको छ । यसअघि स्थानीयवासी बजारबाट महङ्गो मूल्यमा चामल खरिद गरी उपभोग गर्न बाध्य थिए । डोल्पाका ग्रामीण बजारमा प्रतिक्विन्टल रु १२ देखि २० हजारमा चामल बिक्री भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?