शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरानाबारे भयानक हेलचेक्र्याइँ : टेर्न–डराउन छाडे मानिस, ‘सुपर स्प्रेडर’ बढ्ने खतरा !

जनस्वास्थ्यविद्हरुको चेतावनी : धेरै भ्रम फैलिएका छन्, जोखिम अझै घटेको छैन !
मङ्गलबार, ०७ पुस २०७७, ०८ : १३
मङ्गलबार, ०७ पुस २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसले निम्त्याउने जोखिम अझै हटेको छैन । तर मुलुकका सार्वजनिक स्थानहरुको हविगत तथा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियमहरुको पालनामा भयानक हेलचेक्र्याइँ देखिएको छ । सार्वजनिक स्थानहरुका हविगत र गतिविधि देख्दा यस्तो लाग्छ, मुलुकबाट कोरोनाभाइरसको संक्रमण पूरै हटिसकेको छ । 

अर्थतन्त्र र सामाजिक गतिविधिलाई पुरानै लयमा फर्काउने क्रममा यतिखेर अधिकांश सार्वजनिक गतिविधिहरु खुला भइसकेका छन् ।  केही अपवादलाई छाडेर जनजीवन, सार्वजनिक गतिविधि र बजार पुरानै अवस्थामा फर्किएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम अझै हटिसकेको छैन । आसन्न जाडो मौसममा त्यसले के कस्तो रुप लेला भन्ने बारे कुनै सुनिश्चितता छैन । तर जनस्वास्थ्यको नियमको कडाडका साथ पालना गर्नुपर्छ भन्ने चेत र कोरोनाविरुद्धको डर मानिसबाट हराउँदै गइरहेको छ । आन्दोलन र प्रदर्शनको मौसम, लहर शुरु भएको छ तर तिनमा भौतिक दुरीको पालना हुँदैन,  मास्कको प्रयोगमा व्यापक कमी आउन थालेको छ । कोरोनाभाइरसको संक्रमण कुन रुपमा, कहिले कसरी भयानक ढंगले विस्फोट हुन सक्छ भन्ने खतरा अझै टाउकोमाथि मडारिइरँदा त्यसको संक्रमण फैलिने कुरालाई रोक्न अनिवार्यतः पालना गर्नुपर्ने सुरक्षा प्रोटोकल सरकारको कागजी निर्णयमा मात्रै सLमित बन्दै गइरहेको छ ।

आन्दोलन र प्रदर्शनको मौसम, लहर शुरु भएको छ तर तिनमा भौतिक दुरीको पालना हुँदैन,  मास्कको प्रयोगमा व्यापक कमी आउन थालेको छ । कोरोनाभाइरसको संक्रमण कुन रुपमा, कहिले कसरी भयानक ढंगले विस्फोट हुन सक्छ भन्ने खतरा अझै टाउकोमाथि मडारिइरँदा त्यसको संक्रमण फैलिने कुरालाई रोक्न अनिवार्यतः पालना गर्नुपर्ने सुरक्षा प्रोटोकल सरकारको कागजी निर्णयमा मात्रै सिमित बन्दै गइरहेको छ ।

यसअघि कोरोनाभाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नको लागि राज्यले गरको सेमी–लकडाउनबा बेलासम्म प्रशासनले मास्कको प्रयोगमा कडाई गर्दै आएको थियो । तर, अहिले मास्क प्रयोगमा कडाइ गर्न छाडिएको छ । गृह–मन्त्रालयको ०७७ भदौ ७ सम्मको तथ्यांकअनुसार ३१ हजार ६ सय जनालाई जरिवाना गरिएको थियो । मास्क नलगाई सड्कमा निस्कनेलाई प्रहरीले प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना गर्दै आएको थियो ।

लकडाउन अवधिमा मास्क नलगाई हिँड्ने ४ लाख ६४ हजारलाई स्थानीय प्रशासनले नियन्त्रणमा लियो । तिमध्ये ३० लाख ९० हजारलाई संझाएर छाडियो । ४२ हजार भन्दा धेरैलाई सरकारले मास्क वितरण गरेर ‘आइन्दा मास्क प्रयोग गर्नु’ भन्दै चेतावनी दिएर छाडेको थियो । तर, अहिले स्थानिय निकायले यसबारेमा आँखा चिम्लिएको छ, मास्क प्रयोग नगर्नेलाई जरिवाना गर्न छाडेको छ । फलतः कोरोना संक्रमणको उच्च जोखिम रहेका स्थानहरुमा ‘सुपर स्पे्रडर’हरु बढ्ने खतरा बढेर गएको छ ।

‘अहिले जरिवाना चाहिँ गरेका छैनौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने– ‘प्रहरीले मास्क लगाउन  र सचेतना गर्न माईकिङ चाहिँ गरिरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क प्रयोगका लागी सचेतना अभियान संचालन गर्न काठमाडौं महानगरपालिका लगायतका स्थानीय निकायसँग छलफल गरिरहेको छ । ‘वडा र टोल–टोलमा जनचेतनामूलक कार्यक्रम गर्नेबारे स्थानीय निकायसँग कुरा भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी पराजुली भन्छन्– ‘जनचेतनाका कार्यक्रम गर्छौ, ठुला भीडमा प्रहरी परिचालन गरेर जनचेतना फैलाउँछौं ।’

पहिलो चरणमा जनचेतना फैलाउने र दोस्रो चरणमा जरिवाना पनि गर्ने कुरा प्रजिअ पराजुलीले रातोपाटीलाई बताए ।

जोखिम बढ्न नदिन संक्रामक रोग ऐन–०२० तथा स्थानीय प्रशासन ऐन–०२८ अनुसार प्रमुख जिल्ला अधिकारीलाई जनस्वास्थ्यको नियमको पालनामा कडीकडाइ गर्न सक्ने (जसमा मास्कको प्रयोग स्वतः पर्दछ) कानुनी अधिकार छ । गृहमन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा सुरक्षा प्रोटोकल अनुगमनका लागि संयुक्त टोली बनेको छ । तर, त्यो हात्तीको दाँत जस्तै बनेको छ, त्यसले गर्ने भनेको अनुगमन प्रभावकारी बन्न सकेको छैन् । 

नागरिक आफैं सचेत हुनुपर्छ– गृह मन्त्रालय

मास्क प्रयोग र भौतिक दुरी कायम गर्ने सवालमा नागरिक आफैं सचेत हुनुपर्ने बताउँछन्, गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढा ।

सरकारले मोवाईलको रिङटोनमार्फत मास्क प्रयोग गर्न र भौतिक दुरी कायम गर्नेबारे सुचना प्रशारण गरिरहेको छ । तर, कार्यालय र बजार क्षेत्रमा भीडभाड बढ्दै छ । मास्कका प्रयोगकर्ता घटिरहेका छन् । भौतिक दुरी कायम हुन सकेको छैन् ।

‘कोरोना संक्रमण झेल्न थालेको ९ महिना भैसक्यो, यस्तोमा नागरिक आफैंले सचेतना अपनाउनुपर्छ’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने– ‘प्रहरी परिचालन गरेर, जरिवाना गरेर मात्र सो समस्याको समाधान खोज्नु हुँदैन ।’

सुरक्षा प्रोटोकल पालनासम्बन्धी अनुगमन गर्ने गृह मन्त्रालयले भदौ ७ मा गरेको सर्कुलर कायम नै रहेको सह–सचिव बुढाको भनाइ छ ।

पछिल्लो सयम भइरहेका प्रदर्शन र भोजभतेरमा सुरक्षा प्रोटोकल पालना हुन सकेको छैन । लकडाउन पूर्ण रुपमा अन्त्य भइसकेको अवस्थामा सरकारले भिडभाडमा मास्क र सामाजिक दुरीको नियममा कडाई गर्न पनि सकेको छैन ।

‘लकडाउनको बेलामा जस्तो सुरक्षा प्रोटोकल पालना गराउन गाह्रो भइरहेको छ’ गृह प्रवक्ता बुढाले रातोपाटीसँग भने–‘यद्यपि मन्त्रिपरिषद्को निर्णय अनुसार हाम्रो सर्कुलर चाहिँ कायम नै छ ।’

जोखिम अझै बाँकी छ

अहिलेको स्थिति हेर्दा यस्तो लाग्छ, मानिसहरुको मनबाट कोरोनासंक्रमणप्रतिको डर–भय पूरै हटिसकेको छ । कोरोना संक्रमणको जोखिम अझै बाँकी रहेको, कुनै पनि बेला त्यो विस्फोटक बन्न सक्ने तथा आफू त्यसको शिकार बन्ने वा अरुलाई शिकार बनाउन सक्ने खतराबारे मानिसहरुमा कुनै ज्ञान–जानकारी नै छैन जस्तो प्रतीत हुन्छ ।

तर जनस्वास्थ्यविद्का भनाइमा भने कोरोनाको जोखिम अझै हटिसकेको छैन । त्यसैले जनस्वास्थ्यका नियमहरुको परिपालनामा कडाइ गर्नु अति जरुरी छ । आउनुहोस्, यसबारेमा जनस्वास्थ्यविद्का भनाइ जानौं ।

कोरोना संक्रमणको जोखिम झन् उच्च छ

जनस्वास्थ्यविद् डा.सरद वन्त

संक्रमण दर घट्नुको अर्थ यो होइन कि हामी जोखिममुक्त छौं । कोरोना संक्रमणको जोखिम पूर्णरुपमा यथावत् नै छ । बजार, सार्वजनिक यातयात, शैक्षिक संस्था क्रमशः खुल्दै गएको छ । यस अवस्थामा कोरोना संक्रमणको जोखिम झन् उच्च छ ।

नेपालमा अहिले कोरोनाभाइरस संक्रमणको दर घटेको छ । तर, संक्रमण घट्नुको कारण पनि धेरै छन् । वर्तमान अवस्थामा कोरोना परीक्षण कम हुँदा संक्रमितको संख्या कम हुन सक्छ भने संक्रमणको विस्तार पनि कम भएको हो कि भनेर आँकलन मात्र गर्न सकिन्छ ।

संक्रमण दर घट्नुको अर्थ यो होइन कि हामी जोखिममुक्त छौं । कोरोना संक्रमणको जोखिम पूर्णरुपमा यथावत् नै छ । बजार, सार्वजनिक यातयात, शैक्षिक संस्था क्रमशः खुल्दै गएको छ । यस अवस्थामा कोरोना संक्रमणको जोखिम झन् उच्च छ ।

सबै क्षेत्र खुला भइरहँदा जनस्वास्थ्यका मापदण्ड पालना नगरेको खण्डमा संक्रमणको दर तीव्ररुपमा विस्तार हुने सम्भावना धेरै छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प छैन ।

पछिल्लो समय संक्रमितको संख्या घट्दै जाँदा जोखिम कम भयो, जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्दैन भन्ने  मानसिकताको उपजले जोखिम झन् उच्च भयो । हामीले यो भुल्नु हुँदैन कि संक्रमणको जोखिमबाट उन्मुक्ति पाइसकेका छैनौं । बेलायतमा कोरोनाविरुद्धको खोप दिन सुरु भइसकेको छ । तर, त्यहाँ जनस्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न उर्दी जारी गरिरहेको छ ।

 जर्मनमा समेत आंशिक रुपमा लकडाउन जारी छ भने त्यहाँ मास्क नलगाउनेलाई जरिवानाको व्यवस्था समेत गरिएको छ । पश्चिमा मुलुकहरुले क्रिसमस नजिकिएसँगै जनस्वास्थ्यका मापदण्ड लागू गर्न कडाइ गर्न थालेका छन् । तर, नेपालमा वर्तमान अवस्थामा कोरोनाविरुद्धको खोप आएको छैन, अन्य कुनै खालको सुविधा छैन । स्वास्थ्य सेवाहरुको उपलब्धता सीमित छ । त्यसैले जनस्वास्थ्यको मापदण्डको पालना गर्नु बाहेक हामीसँग कुनै विकल्प छैन ।

संक्रमणको नाममा सधै बन्दी भएर बस्ने कुरा भएन । उद्योग व्यवसाय, शैक्षिक संस्था अन्य कार्यालयलाई संचालन गर्नुपर्छ । व्यवसाय, शैक्षिक संस्था, यातयात संचालन गर्दा चैत्र महिना अगाडिको वातावरण छैन त्यसैले नियमित व्यवहारलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्छ ।

व्यवसाय, शैक्षिक संस्था, यातयात उद्योग कलकारखानालाई विस्तारै विगतका अवस्थामा लैजानुपर्छ तर, सावधानी अपनाएर ।

शुक्रबारबाट सवारीको जोरबिजोर प्रणाली हटेको छ । जोरबिजोर प्रणाली हुँदा ट्राफिक जामलाई केही हदसम्म कम गर्न सहयोग भए होला । तर, कोरोनाभाइरस संक्रमण फैलाउन र कम गर्र्न यसले कति मद्दत गर्‍यो भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा आधा यातयात सञ्चालनमा आए पनि कोरोना संक्रमणको जोखिम उच्च थियो, पूर्ण रुपमा  यातयात सञ्चालनमा आए पनि जोखिमको अवस्था त्यही   हो ।

सडकमा यातायातको संख्या बढे पनि सुरक्षाको मापदण्ड पालना गरेमा जोखिम कम हुन्छ । त्यसैले यातयातको संख्या घटबढ हुँदैमा संक्रमणको जोखिममा फरक पर्दैन । केही समयपछि सिनेमा हल खोल्ने व्यवसायीहरुले उद्घोष गरिसकेका छन् । पहिलेकै अवस्थामा सबै क्षेत्र खुलिरहँदा जनस्वास्थ्यको नियमको पालना गर्ने कुरामा विशेष ख्याल नगर्दा गम्भीर अवस्था सृजना नहोला भन्न सकिँदैन । 

यस महामारीमा सरकारद्वारा उर्दी गरिएका आदेशलाई कार्यान्वयन नगर्ने व्यक्तिलाई आवश्यकता अनुसार कारवाही गर्ने जिम्मेवारी सरकारको हो । तर ऊ पनि त्यो  जिम्मेवारीबाट हटेको स्थिति छ । 

आमनागरिकलाई सरकारले आदेश दिएर मात्रै हुँदैन । कोरोना संक्रमणबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड पालनका गर्नका लागि आह्वान गरेर मात्रै भएन । सरकारले मापदण्ड पालना गर्ने बातावरण पनि सृजना गरिदिनुपर्छ । उदाहरणका लागि, कुनै सपिङ सेन्टरमा किनमेल गर्न जाँदा केही व्यक्ति सुरक्षाका मापदण्ड पालना गरेर जान्छन् । त्यही ठाउँमा धेरै व्यक्ति सुरक्षाको प्रावधानलाई उल्लघंन गरिरहेका हुन्छन् । पसल सञ्चालकले समेत त्यसबारेमा वेवास्ता गर्छन् । त्यहाँ जनस्वास्थ्यको मापदण्ड पालना गर्नेबारे व्यवसायी र ग्राहक दुवैथरीले वेवास्ता गर्छन् । अब त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना गर्न वातावरण बनाइदिने, बेलाबेलामा निगरानी राख्ने, काम सरकारको हुुनुपर्ने होइन र ? यस महामारीमा सरकारद्वारा उर्दी गरिएका आदेशलाई कार्यान्वयन नगर्ने व्यक्तिलाई आवश्यकता अनुसार कारवाही गर्ने जिम्मेवारी सरकारको हो । तर ऊ पनि त्यो  जिम्मेवारीबाट हटेको स्थिति छ । 

 कुनै सरकारी कार्यालयमा सेवाग्राही जति सर्तक भए पनि त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना गर्न पाउने स्थिति छैन । त्यहाँ सुरक्षित वातावरण निर्माण गराउने काम राज्यको हो । कोरोनाभाइरस संक्रमणको नाममा सधँै बन्दी भएर बस्ने कुरा त भएन  । तर जनताले मापदण्ड पालना गरे नगरेको बारेमा निगरानी, अनुगमन छैन । आवश्यक खालको निर्देशनात्मक आदेश सरकारले दिन सकेको छैन ।  जनस्वास्थ्य मापदण्डको पालना गर्ने सन्र्दभमा धेरै नागरिकहरुको गैर जिम्मेवारीपन छ । तर, जो सचेत छन् उनीको लागि पनि राज्यले वातावरण मिलाउन पर्छ ।

यस महामारीमा किन नागरिक गरैजिम्मेवार बने भन्नेबारे पनि धेरै पक्षहरु छन् । त्यसबारेमा राज्यले ख्याल गर्नुपर्ने हो । कोरोनाभाइरस संक्रमणका बारेमा दिग्भ्रमित पार्ने खालका सूचनाहरु प्रवाह भइरहेका छन् ।

दोस्रो कुरा, कोरोनाको संक्रमणले सबैलाई एकै किसिमको स्वास्थ्यमा समस्या देखाउँछ भन्ने छैन । कतिपय व्यक्तिले मैले मास्कको प्रयोग गरेको छैन अहिलेसम्म केही पनि भएको छैन भन्नेहरु छन् । अर्कोथरि फेरि कोरोना संक्रमित भएर स्वास्थ्यमा खासै समस्या नदेखिनेहरुले यो त केही पनि होइन भनिदिन्छन् । कतिपय व्यक्ति चाहेर पनि जनस्वास्थ्यमा मापदण्ड पालना गर्न नसक्ने पनि हुन सक्छन् । सरकारले जनस्वास्थ्यका नियम पालनाका गर्न निर्देशनात्मक आदेश दिन आवयश्क छ ।

नियम पालना नगर्नेलाई आवश्यक कारबाही गर्न सरकार अग्रसर हुनुपर्छ । यसो नगरेको खण्डमा महामारीको उच्च जोखिम बढ्न सक्छ ।

संक्रमण दर घटेर हामी पहिलैको अवस्थामा छौं भनेर भ्रममा नबसौं !

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन

कतिपय मानिस थाहा नपाइकन नै कोरोना संक्रमित भएका हुन सक्छन् । त्यसैले कोरोना केही होइन भन्ने भ्रम पाल्नु हुँदैन । संक्रमण दर कम हुँदै गयो भन्दैमा मास्क प्रयोग नगरिकन, सामाजिक दूरी कायम नगरिकन खुल्ला रुपमा हिँड्ने अवस्था आएको छैन ।

महामारी फैलिएका देशमा कोरोना संक्रमितको दरमा उतारचढाव देखिएको छ । नेपालमा कोरोना संक्रमितको दर घट्यो भन्दैमा विगतको अवस्था फर्किएका छैनौं । कोरोना संक्रमण दरमा उताचढाव हुन सक्छ । संक्रमण दर घटेर हामी पहिलैको अवस्थामा छौं भनेर भ्रममा नबसौं ।

 कोरोना संक्रमणको जोखिम पहिला पनि थियो । वर्तमान अवस्था शैक्षिक संस्था, उद्योग कलकारखाना, व्यवसाय, यातायातका साधन खुल्ले क्रम जारी छ । त्यसैले हिँडडुल गर्दा होस् वा कार्य क्षेत्रमा काम गर्दा, स्कुल जाँदाआउँदा होस् सावधानीका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नु बाहेक अरु विकल्प छैन ।

महामारीका नाममा सधैँ घरमै सीमित भएर बस्ने कुरा भएन । त्यसैले घर बाहिर निस्कँदा, शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा हामी जहाँ छौं, त्यहीँ सावधानी अपनाउनु पर्छ ।

कतिपय मानिस थाहा नपाइकन नै कोरोना संक्रमित भएका हुन सक्छन् । त्यसैले कोरोना केही होइन भन्ने भ्रम पाल्नु हुँदैन । संक्रमण दर कम हुँदै गयो भन्दैमा मास्क प्रयोग नगरिकन, सामाजिक दूरी कायम नगरिकन खुल्ला रुपमा हिँड्ने अवस्था आएको छैन । हाल कोरोना संक्रमित टोलटोलमा छन्, घेरै संख्यामा मानिस जमघट भेला हुने ठाउँहरुमा सकेसम्म सहभागी नहोऔं, हुनै पर्‍यो भने सतर्कता अपनाएर जाऔं ।

विश्वका विभिन्न देशमा कोरोना संक्रमणको दोस्रो लहर फर्किएको छ । नेपाल त्यसको अपवाद होला नै भन्न सकिन्नँ । त्यसैले अनिवार्य रुपमा मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइका कुरामा ध्यान नदिएको खण्डमा गाह्रो परिस्थिति नआउला भन्न सकिँदैन ।

 कोरोना केही होइन भनेर सावधानी नअपनाउनेहरुले घरमा दीर्घरोगी, ज्येष्ठ नागरिकलाई संक्रमण गराउने माध्यम भएमा के हुन्छ ? यसबारे सोच्न अति आवश्यक छ ।

विश्वका विभिन्न देशमा कोरोना संक्रमणको दोस्रो लहर फर्किएको छ । नेपाल त्यसको अपवाद होला नै भन्न सकिन्नँ । त्यसैले अनिवार्य रुपमा मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइका कुरामा ध्यान नदिएको खण्डमा गाह्रो परिस्थिति नआउला भन्न सकिँदैन । विगतमा लकडाउन गरियो तर, कार्यान्वयनको पाटो फितलो भयो । भारत लगायत अन्य देशमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई दण्डित–कारबाही गरिन्छ । नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेलाई दण्ड सजायको व्यवस्था गरेमा कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने नै सुनिश्चित छैन ।

घरबाहिर निस्कने व्यक्तिहरुले सतर्कता–सावधानी नअपनाएको खण्डमा उनीहरुले कोरोनाले चाँडै संक्रमित गर्न सक्ने दीर्घरोगी तथा वृद्धावस्थामा मानिसहरुलाई संक्रमित तुल्याउन सक्ने खतरा रहन्छ । त्यस्तो स्थिति आएमा  महामारीले ठूलो रुप लिन सक्छ ।

महामारीको समयमा जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई पनि दण्डसजायसहितको कारबाही  गरिनुपर्थ्यो

जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी

दीर्घरोगी, वृद्धावृद्धालाई संक्रमण भयो भने मात्रै स्वास्थ्यमा समस्या आउँछ भन्ने धेरै मानिसमा भ्रम सृजना भएको छ । यो गलत भ्रम हो ।

कुनै पनि खालका महामारी आउँदा जनताहरुमा यो खालको जोखिम हुनसक्छ भनेर सरकारले बुझाउन सक्नुपथ्र्यो । नेपालमा कोरोना फैलन सुरु हुने बित्तिकै जनतामा विदेशबाट आएका मानिसलाई मात्रै कोरोना संक्रमण हुन्छ, नेपालीलाई लाग्दैन भन्ने खालका सूचना नजानिँदो ढंगले प्रवाह भयो ।

 कोरोना संक्रमणको सुुरुवाती समयदेखि नै जोखिममा हरेक व्यक्ति छन् । ‘म युवा हुँ, कोरोना संक्रमण भए पनि पचाउन सक्छु’ भनेर भ्रामक विश्वासका साथ जनस्वास्थ्यका मापदण्ड पालना नगरिकन हिँड्नेहरु पनि छन् । अब विस्तारै शैक्षिक संस्था, व्यवसाय पूर्ण रुपमा खुल्दै गएका छन् । अब घर बाहिर निस्कने मानिसको संख्या वृद्धि भएसँगै जोखिम पनि बढ्छ । किनभने सावधानी अपनाएर जनस्वास्थ्यका मापदण्डपालना गर्नेहरु कम छौं । घर बाहिर निस्कनेहरुले जहाँ छौं, त्यहीँ सावधानी अपनाउनुको विकल्प छैन । दीर्घरोगी, वृद्धावृद्धालाई संक्रमण भयो भने मात्रै स्वास्थ्यमा समस्या आउँछ भन्ने धेरै मानिसमा भ्रम सृजना भएको छ । यो गलत भ्रम हो ।

अहिलेको अर्को समस्या भनेको संक्रमण भएर स्वास्थ्यमा गम्भीर समस्या आयो भने उपचार गर्न कहाँ जाने भन्ने हो ।

धेरै समय पहिले नै संक्रामक रोग ऐन, २०१६ मा ड्राफ्ट गर्ने क्रममा सरुवा रोगको मापदण्ड पालना नगर्नेलाई त्यतिबेला नै ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । अहिले त्यो दण्डजरिवाना रकमलाई मूल्यांकन गर्ने हो भने करिब १५ हजार पर्न आउँछ । यस महामारीको समयमा जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई पनि दण्डसजायसहितको कारबाही  गरिनुपर्थ्यो।  यो  महामारीको बेलामा मास्क प्रयोग नगर्ने, सामाजिक दूरी कायम नगर्ने, सरसफाइमा ध्यान नदिनेलाई दण्डसजायको व्यवस्था गरेमा संक्रमणको जोखिम कम हुन सक्छ । कुनै घरको एक जना सदस्यले सावधानी नअपनाउदा धनजनको क्षति हुन्छ भने हामीले किन सावधानी नअपनाउने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी / माया श्रेष्ठ
राजेश भण्डारी / माया श्रेष्ठ
लेखकबाट थप