२० जना पाहुना बोलाउने अनुमति भएको विवाहमा बोलाइयो १० हजार; दुलहाका पितालाई जरिवानासहित १ वर्ष जेल सजाय

कोरोनाभाइरस महामारीले थुप्रै मानिसहरुको भव्य र तामझामसहितको विवाह गर्ने सपना तुहाएको छ ।
सयौं पाहुनाको उपस्थित हुने विवाहमा महामारीले पाहुनाको संख्या निश्चित गरिदिएको छ । मानिसहरु नजिकका आफन्तसँग सानो समारोहमा विवाह सम्पन्न गरिरहेका छन् ।
तर मलेसियामा एक जोडीले २० जना मात्रै पाहुना बोलाउने अनुमति दिइएका बेला आफ्नो विवाहमा १० हजारा पाहुना बोलाए ।
तपाईंले सोचिरहनुभएको होला, उनीहरुले यति धेरै पाहुना बोलाएर कानून तोडिदिए तर यस्तो होइन । यो जोडीले विवाहमा हज्जारौं पाहुना त बोलाए तर सामाजिक दुरीको नियमलाई कडा रुपमा पालना पनि गरे ।
विवाह टेंकु मोहम्मद हाफिज र ओसियाने अलाहियाबीच सम्पन्न भएको थियो ।
कारका लाइनः
आइतबार बिहान यो विवाहित जाडी राजधानी क्वालालम्पुरको दक्षिणमा रहेको पुत्रजयामा एक भव्य सरकारी भवन बाहिर उभिए ।
क्रमशः कारको लाइन लाग्यो र पाहुनाहरु आउन थाले । ती पाहुनाले विवाहित जोडीलाई शुभकामना दिँदै निस्कँदै गरे ।
कुनै पनि पाहुनाले आफ्नो कार बाहिर कदम राखेनन् । जोडी उभिएको ठाउँ आइपुग्दा कार रोकिन्थ्यो र पाहुनाले बन्द गरिएको झ्याल भित्रैबाट शुभकामना दिँदै अघि बढे ।
विवाहित जोडीले पनि टाढैबाट हात हल्लाएर पाहुनाको स्वागत गरे र उनीहरुलाई धन्यवाद दिए ।
यसरी नै १० हजार पाहुनाले आ–आफ्नो कारमा भवनको अगाडि बसेका बेहुला बेहुलीको अगाडि रोक्दै, शुभकामना दिँदै, अघि बढ्दै गरे । सडकमा कारको लाइन निकै लामो लागेको थियो ।
यो विशेष तरिका अपनाएर यो जोडीले सामाजिक दुरीको नियम पालना पनि गरे र विवाहमा पाहुनाको संख्यामाथि लागेको प्रतिबन्ध पनि तोडेनन् ।
कसरी खुवाइयो खाना ?
पाहुनालाई विवाहमा बोलाएपछि उनीहरुको खानपिनको बन्दोबस्त पनि गरिएको होला ।
यो विशेष विवाहमा १० हजार पाहुनालाई पनि खाना खुवाइयो र त्यसमा पनि नियमलाई पूरा ध्यानमा राखियो ।
मलेसियाको मिडिया अनुसार जब पाहुनाको कार बेहुला बेहुलीलाई बधाई दिएर अघि बढ्यो तब सबैलाई पहिले नै तयार गरिएको खानाको प्याकेट दिइयो । पाहुनाले झ्यालबाटै खानाको प्याकेट लिए र घरतिर लागे ।
१० हजार पाहुनालाई आफ्नो कारभित्रबाट नव विवाहित जोडीलाई बधाई दिन तीन घण्टाको समय लाग्यो ।
को हुन् यी विवाहित जोडी ?
जसरी विवाहको यो तरिका सामान्य थिएन त्यसरी नै यो विवाहित जोडी पनि सामान्य थिएनन् ।
दुलहा टेंकु मोहम्मद हाफिजका पिता टेंकु अदनान मलेशियाका एक प्रभावशाली राजनेता हुन् र पूर्व क्याबिनेट मन्त्री हुन् । उनले आइतबार आफ्नो जन्मदिन पनि मनाए ।
उनले फेसबुकमा विवाहको तस्बिर सेयर गर्दै लेखे, ‘यहाँ बिहानदेखि १० हजारभन्दा बढी कार पुगिसकेको भनेर मलाई जानकारी दिइयो । म र मेरो परिवार निकै सम्मानित महसुस गरिरहेका छौं । हालको स्थितीलाई बुझेर कारबाट बाहिर ननिस्किकनै विवाहमा समावेश भए प्रक्रियाको पालना गररेकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
यद्यपि, विवाहको भोलिपल्टै दुलहाका पिता टेंकु अदनानलाई पाँच लाख डलरको भ्रष्टाचार गरेको आरोपमा दोषी पाइए र उनलाई जरिवानासहित १२ महिनाको जेलको सजाय सुनाइयो ।
मलेसिया कोरोना महामारीको नयाँ लहरको सामना गरिरहेको छ । हालसम्म देशमा ९२ हजार संक्रमित भेटिइसकेका छन् र ४३० जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त