बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुन सक्दैन: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई नेपालको संविधानले व्यवस्था गरेको प्रणाली प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेष्टमिन्सटर प्रणाली नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले विद्यमान राजनीतिक प्रणाली वेष्टमिन्सटर प्रणाली नभई बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयाँ प्रणाली भएको दाबी गरे ।
सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्ः ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने संम्भावना भएसम्म संसद विघटन हुननसक्ने नयॉ प्रणाली हो’ ।
त्यसैगरी नेता भट्टराईले क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविदनको नभई क्रान्तिकारी नेताहरु र व्यवहारिक रुपमा विषयगत समिति र संवैधानिक समितिका सभापतिको हुने जनाएका छन् । आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि आम निर्वाचनको घोषणा गरेपछि सो कदमबारे चौतफी आलोचना र बहस भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प