बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
मोडर्नाले उत्पादन गरेको खोप उहाँले अमेरिका ल्याएकै दिन लगाउन लागेका हुन् । अमेरिका ल्याइएको यो दोस्रो खोप हो । अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ । “मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हो,” उनले भने ।
अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ । उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाएका हुन् ।
उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को हप्ता पहिलो पटक खोप लगाउने अपेक्षा गरिएको छ । विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाउनु भएको छैन । कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उनले भने अहिलेसम्म नलगाएका हुन् । सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उहाँले पनि खोप लगाउनुपर्नेमा जोड दिने गरेका छन् ।
खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताएका थिए । तर उनले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहनुभएको जनाइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयुक्त समयमा खोप लिन सक्ने र त्यो समय आउन सक्ने जवाफ दिएका छन् । डोनाल्ड ट्रम्पलगायतका कोरोनाभाइरसबाट सङ्क्रमित भएका हजारौँलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइ दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !
-
केराखेतीबाट वार्षिक १० लाख आम्दानी
-
जाडो सुरु भएसँगै बढ्यो न्यानो कपडाको व्यापार (फोटो फिचर)
-
चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण