बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीनै दलको बैठकपछि ओलीको कदममा प्रतिवादको रणनीति बनाउने निर्णय

सोमबार, ०६ पुस २०७७, १८ : २२
सोमबार, ०६ पुस २०७७

काठमाडौं । काँग्रेस पार्टी कार्यालयमा बसेको 'सर्वदलीय' बैठकले केपी ओेलीइतरको  नेकपासँगै काँग्रेस र राजपाको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवाद गर्न संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समिति बैठकले प्रतिवादका कार्यक्रम तय गर्ने निश्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार भोलि बस्ने नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको छ ।

बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप