नेकपामा समानान्तर बैठक : एक पक्षले अर्को पक्षलाई कारवाहीको तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल) पक्षले एकै दिन दुईतिर केन्द्रीय समिति बैठक बोलाएका छन् । ओली पक्षले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको हो भने प्रचण्ड-नेपाल पक्षले दिउँसो १ बजेलाई बैठक बोलाएको हो ।
सोमबार बस्ने भनेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक पनि भोलि मंगलबार नै बस्ने भएको छ ।
नेकपा केन्द्रीय कार्यालयका दुई कार्यालय सचिवले सचिवले फरकफरक बैठकका लागि एसएमएस पठाउँदै जानकारी गराएका छन् ।
प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको थियो । प्रचण्ड पक्षको यस्तो तयारी थाहा पाएपछि ओली समूहले पनि बैठक बोलाएर प्रचण्ड–नेपाल समूहलाई कारवाही गर्ने योजनाअनुसार बैठक बोलाएको बुझिएको छ । सोमबार बानेश्वरमा बसेको प्रचण्ड पक्षको भेलाले असंवैधानिक काम गर्ने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई कारवाही गर्ने तयारी भएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।
उता, ओलीले आफूलाई घेराबन्दीमा पारेर काम गर्न नदिएकाले संविधान अनुसार नै संसद भंग गरेको दावी गरेका छन् भने प्रचण्ड पक्षले संसद भंग गर्ने कुनै आधार नभएकाले संसद भंग नभएको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल