माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीको व्यङ्ग्य : देश डुब्न लाग्यो भन्दै माझी दाइ गुहारियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ‘देश डुब्न लाग्यो भनेर माझी दाइ गुहारेको’ आरोप लगाएका छन् ।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सतहमा हेर्दा हिजो (आइतबार) विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए पनि यो स्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मुलतः सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधिहरुद्वारा सिर्जना भएको दावी गरे ।
उनले भने, ‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कसैले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउनका लागि माझी गुहार्न थाल्नुभयो ।’
स्मरणीय छ, २०७५ असोजमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही किनारा लगाइदेऊ’ भन्ने गीतका दुई पंक्ति वाचन गरेका थिए ।
प्रधानमन्त्री ओलीले अनेक बाधाहरु पन्छाउँदै सरकार गठन भएको र सरकारले जनअपेक्षाअनुरुप काम गर्न थालेको जिकिर गर्दै त्यसलगत्तै केही नेताले निरन्तर अस्थिरताको प्रयास गरेको आरोप लगाए ।
जनअनुमोदित नेकपाको सरकारलाई आफ्नै दलका केही नेताले काम गर्न नदिने अवस्थाको निकास खोज्दै पर्थ्यो भन्दै उनले संसद विघटन गर्ने आफ्नो निर्णयको बचाउसमेत गरे । उनले तिता कुरालाई बिर्सेर एकतावद्ध भइ निर्वाचनमा सहभागी हुन पार्टीका असन्तुष्ट नेताहरुलाई आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण