बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले सबै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन गर्ने

सोमबार, ०६ पुस २०७७, १५ : ५०
सोमबार, ०६ पुस २०७७

जनता समाजवादी पार्टीले संसद विघटनको विरोधमा पुस ८ गते सबै जिल्लाका समदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भर्ने भएको छ । पार्टीको आज बसेको बेठकले सो निर्णय गरेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिकरअलोकतान्त्रिक/प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।’

थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप