अफगानिस्तानमा सडक किनारमा बम विस्फोट, ७ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रंहरी पुष्टि गरेका छन् ।
अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहरमा स्थानीय समयानुसार सोमबार बिहान १ः३० बजे भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात पाँच प्रहरी अधिकारीको मृत्यु भएको प्रन्तीय प्रहरी प्रवक्ता मोहमद हासहिमीले बताएका छन् ।
त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गरएको बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ । बाद्घिस प्रान्तको मुकिर जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे सो विस्फोट भएको प्रान्तीय प्रहरी प्रमुख शिर आका अलोकोजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
सडक किनारमा बम विस्फोट गराउने काम तालिबानीलडाकू समूहले बारम्बार गराउँदै आएको प्रहरी अधिकारीहरूले दाबी गरेका छन् । अफगानिस्तानमा तालिाबान लडाकू समूहले सुरक्षाबल लक्षित सडककिनार बम विष्फोट र घरेलु बम विस्फोट गर्दै आएका छन् । तर यस्ता घातक हतियारहरूले सर्वसाधारणलाई बारम्बार हानी र्पुयाउँर्दै आएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई