बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनैतिक सम्बन्धपछि हत्या, २ जना पक्राउ

सोमबार, ०६ पुस २०७७, १२ : १६
सोमबार, ०६ पुस २०७७

लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् । 

ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सागर र मृतक महिलाबीच अनैतिक सम्बन्ध रहेकोमा उनी गर्भवति छिन् भन्ने हल्ला सुनेपछि आफूलाई अप्ठेरो पर्छ भनी बिकाशको समेत सहयोग लिई हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप