छायाँबस्तीमा पहिरोसंगै पुरियो निमाका सपना
भक्तपुर । सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४ का निमा योञ्जन कामको खोजीमा शहर पसे । ३५ वर्षका उनी आफ्नो जीवन धान्न र पारिवारिक दायित्व पूरा गर्न श्रम गर्न थाले ।
सडक बिस्तार र मर्मतको काम गर्ने ठेकेदारसंगको सम्पर्कमा पुगेपछि उनी पछिल्लो केही दिन यता भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्तीमा पर्खाल लगाउने कार्य गर्दै आएका थिए ।
प्रहरीका अनुसार उनी लगायतको समूहले काम गर्ने स्थान आसपासमा नै अस्थायी रुपमा बस्दै आएका थिए ।
तर, आइतबार दिउँसो करिब २ बजेपछि सधैँजसो काममा सक्रिय निमालगायतको समूहमा ठूलो विपत्ती आइलाग्यो । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार डोजरले भर्खरै खनेको ठाउँमा काम गर्ने क्रममा पहिरो गयो ।
पहिरोमा परेर परेका घाइते भएका तीन जना मध्ये एक जनाको ज्यान गयो । ती मृत्यु हुने व्यक्त थिए उनै निमा योञ्जन । महानगरीय प्रहरी वृत्त खरिपाटीबाट घटना लगत्तै गएको टोलीले उद्धार गरेर भक्तपुर अस्पताल पठायो ।
अस्पताल पु¥याएको केही समयमा नै निमालाई चिकित्सकले मृत घोषणा गरे । योसंगै एउटा युवाको जीवन सकियो, उसंग आश्रीत परिवारको भविष्य अन्धकार भयो । भक्तपुरको छायाँबस्ती पहिरोमा निमाको सपना पुरियो ।
उनका साथीहरुले एउटा सहकर्मी गूमाए । सोही समूहका दुई जना घाइते भए ।
प्रहरीका अनुसार छाँयाबस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेवसम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानकमाथिबाट पहिरो खसेर सडक निर्माण कार्यमा संग्लन मजदुरको पुरिएका हुन् ।
प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचारको लागी भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौँ पठाईएको थियो ।
घटनामा परेर घाइते भएका सोही स्थानका ४४ वर्षका प्रेम लामा अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौबाट डिस्चार्ज भएका छन् ।
रामेछाप जिल्ला सुनापाती गाँउपालिका घर भई सोही काम गर्ने ५० वर्षका भुपालसिंह घिसिङलाई भने अर्थोपेटिक अस्पताल नारायणटारबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगंन्ज पठाइएको छ ।
यसबारेमा थप अनुसन्धान भईरहेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति