
नेकपामा आजबाट ओली र प्रचण्ड समूह : ओलीको बालुवाटार, प्रचण्डपक्षको बानेश्वरमा भेला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै नेकपामा अव नेकपा (ओेली) र नेकपा (प्रचण्ड) समूह भनेर चिन्नुपर्ने भएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् ।
त्यसका लागि ओली पक्षले सोमबार बिहान नौ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
त्यस्तै, प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।
ओलीको कदमविरुद्ध आजै काँग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ । आइतबार बेलुका काग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कँग्रेस नेताको बैठकले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ