हुम्लाको दुर्गम गाउँपालिका ताँजाकोटमा प्रसूति सेवा सञ्चालनमा, महिलालाई सहज
दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ ।
विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।
जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा एयर लिफ्टिङको व्यवस्था गरी जिल्लामा सुत्केरी व्यथा लागेर जटिल समस्या आएकाको उपचार गर्दा समस्या समधान भएको छ ।
स्थानीय तहहरु विभाजनपछि यहाँका सातवटा गाउँपालिकाले आफ्नै स्वास्थ्य भवन र उपचारका लागि पनि स्वाथ्यकर्मी बढाएपछि हुम्ली जनतामा सहजता थपिँदै गएको छ ।
यसअघि परम्परागतरूपमा गाउँमै स्थानीय महिलामार्फत बाध्यताले सुत्केरी गराउने चलन थियो । त्यो सबै सफल भएको देखिँदैन थियो । यतिखेर हुम्लाको ताँजाकोटमा प्रसूति सेवा शुरु भएपछि महिलाहरूको त्यसतर्फ आकर्षण बढेको पाइएको छ ।
ताँजाकोट–२ का राजपुरा सुनारले सबै सुविधा हुने भएपछि प्रसूति सेवाप्रति गर्भवती महिलाको आकर्षण बढेको बताए । प्रसूति सेवा सञ्चालनमा आएपछि हाल भत्ता पनि सोही ठाउँमै उपलब्ध हुने गरेको छ ।
स्वास्थ्यचौकीका इञ्चार्ज धनराज ढकालका अनुसार शुरुमा प्रसूति गृह सञ्चालनमा आउँदा यो ठाउँका महिला सुत्केरी गराउन लजाउने गर्थे, अहिले त्यो समस्या पनि हट्दै आएको छ । प्रसूति सेवा सञ्चालन भएलगत्तै एक वर्षमा १३० महिलाले प्रसूति सेवा लिएका छन् । प्रसूति सेवाका लागि विसं ०७७ साउन महिनायता मात्रै दुईजना अनमीको व्यवस्था गरिएको छ । उक्त सेवा शुरु भएपछि सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट महिलाको उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयवासीको विश्वास छ ।
गर्भवती महिला नियमित गर्भ जाँच गर्न आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा जनयुद्ध दिवस : १२ स्थानीय तहले दिए बिदा !
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित
-
कोशी प्रदेशसभाका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय