ओलीको कदममा विप्लवको विज्ञप्ति : यो संकट आउनु अनिवार्य थियो (विज्ञप्तिसहित)

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि उनको सरकार असफल भएको बताएका छन् । उनले ओलीले संसद विघटन गरेको विषयमा टिप्पणी गर्दै अहिलेको असफलता र संकट आउनु अनिवार्य भएको र हाल आएर त्यसको नतिजा देखिएको बताएका छन् ।
‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे । नेपाली जनताको अग्रगामी एवम् रुपान्तरणकारी चाहना र ललाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु अनिवार्य थियो’, विप्लवले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ओलीले शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न नसकेपछि आफ्नो संकट टार्न संसद भंग गरेको पनि विप्लवले आरोप लगाएका छन् ।
विप्लव नेतृत्वको नेकपालाई ओली सरकारले नै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?