सम्भव छ त नेकपा, काँग्रेस र जसपाको गठबन्धन ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल एक ठाउँमा आइपुग्न बाध्य छन् । आज सिंहदरवारस्थित काँग्रेस पार्टीको संसदीय दलको कार्यालयमा तीनवटै पार्टीका शीर्ष नेताबीच भएको छलफलबाट प्रधानमन्त्री ओलीको सो कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।
नेपालको राजनीति इतिहासमा यो अनौठो गठबन्धन बनेको हो । नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरेको सिफारिसविरुद्ध नेकपा नै सम्मलित गठनबन्धन बनेको जसले सो कदमको प्रतिवाद गर्ने निर्णय गरेको छ । ‘यो नेकपाविरुद्धको गठबन्धन होइन, ओलीविरुद्धको गठबन्धन हो,’ तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले भने, ‘यो गठबन्धन बन्नु स्वभाविक हो । जसपाले प्रचण्ड समूहले नेतृत्व गरेको नेकपासँग गठबन्धन गरेको छ जुन स्वभाविक हो किनभने त्यहाँ प्रचण्ड हुनुहुन्छ ।’
‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री अोलीबीच दुरी बढेको छ । त्यसैले जहाँ प्रचण्ड रहनुहुन्छ, त्यही जसपा जान्छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री अोलीलाई मन पराए पनि प्रचण्डसँग गठबन्धन बनाउन बाध्य हुनेछन् किनभने उपेन्द्र यादवका अगाडि सो पार्टीमा अरु कसैको केही चल्दैन,’ उनले भने ।
जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भने ओलीसँग गठबन्धन बनाउने मुडमा थिए । जसपा स्रोत भन्छ, ‘तर त्यसअघि नै जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु नेकपा (प्रचण्ड समूह) र काँग्रेससँग गठबन्धन बनाएका छन् ।
अध्यक्ष गुप्ताले भने, ‘नेकपा फुट्ने निश्चित छ, भोलि चुनावमा जाँदा जसपा र नेकपा (प्रचण्ड समूह) सँग चुनावी गठबन्धन बन्ने सम्भावना प्रवल छ । यो संसद विघटनको काँग्रेसले जति विरोध गरेपनि भित्रभित्रै खुशी छ, यही मौकाको खोजीमा काँग्रेस थियो ।’ नेकपामा देखिएको विवादका कारण काँग्रेस शक्तिशाली हुने लगभग पक्का देखिएको र त्यो अवस्थामा जसपासँग काँग्रेसले चुनावी गठबन्धन नबनाउन पनि सक्छने उनको भनाइ छ ,
जसपा र विभाजित नेकपाबीच एकीकरण हुने सम्भावना पनि त्यतिकै रहेको पनि जानकारहरुको दाबी छ । जसपा नेपालमा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई प्रचण्डप्रति सकारात्मक रहेका छन् । शुरुमा गठबन्धन बनाएर चुनावमा जानसक्ने र पछि एकीकरणको घोषणा पनि गर्न सक्ने विश्लेषकहरुको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण