‘आन्दोलन चर्किन सक्ने’ सुरक्षा विश्लेषण, उपत्यकामा नेताको निवासमा सुरक्षा सतर्कता
काठमाडौं । प्रतिनीधिसभा विघटनसँगै आन्दोलन चर्किने सुरक्षा निकायले विश्लेषण गरेका छन् । आन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौं हुने विश्लेषणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका तर, विवादमा परेका नेताको निवासमा उच्च सतर्कता अपनाइएको छ । उच्च प्रहरी अधिकारीका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतका नेताहरुको निवासमा सुरक्षा सतर्कता अनाइएको छ ।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा ‘विवादित’ ओम्नि समूह र यत्ति ग्रुपका सञ्चालकका घर र कार्यालयमा सुरक्षा सतर्कता अपनाइएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र नेता माधव नेपालको निवासमा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रचण्ड-माधव नेपाल समूह र ओली समूहका मुख्य नेताको निवासमा सुरक्षा सतर्कता अपनाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए । सोमबारदेखि आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । आन्दोलनको मुख्य केन्द्रविन्दु माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रमपछि विकास भएको ‘सुरक्षा चुनौती’बारे चारवटा सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर रिपोर्ट लिएका थिए । सुरक्षा प्रमुखहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले सम्भावित चुनौतिको सामना गर्दैै चुनावमा केन्द्रित हुन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण