यो सङ्कटको समाधान विस्तारवादी चलखेलमा गरिने अर्को निर्वाचनले गर्न सक्दैन : किरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन प्रतिगामी कदम भएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले ठहर गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै किरणले देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम भएको बताएका हुन् । उनले संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न नसक्ने बताएका छन् ।
यस्तो छ विज्ञप्तिः
सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरुभएको अन्तरकलह र कचिङ्गल आज २०७७ पुष ५ बिहानको मन्त्रीमण्डलको बैठकसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ बैशाख १७ र २७ गते मध्याबधि निर्वाचनको तिथिमिति समेत घोषणा गरेकी छिन् । यो प्रतिगामी कदम हो ।
देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन । यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो