एकैदिन निर्वाचन गर्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगको सुझाव
आइतबार, ०५ पुस २०७७, २० : ०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले सुझाव दिएको छ । प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आइतबार साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
छलफलमा दुई चरणमा चुनाव गर्दा खर्च धेरै लाग्ने भएकोले एकै चरणमा निर्वाचन गर्न आयोगले सुझाव दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । आयोगले निर्वाचन आयोगले चैतसम्म निर्वाचनको तयारी गर्न पर्याप्त समय भएकोले एकै चरणमा सम्पन्न गर्न सकिने बिफ्रङ गरेको थियो ।
प्रधानमन्त्रीसँगको छलफलका लागि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल बालुवाटार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण