निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायका प्रमुखहरुलाई प्रमको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई आगामी निर्वाचन सफलतपूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गर्दै निर्वाचनको घोषणा गरेकी छन् । ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन तय भएको छ ।
बालुवाटार स्रोतका अनुसार ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ पनि लिएका थिए । बैठकमा प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण