अभिनेता मिथुन चक्रवर्ती अस्वस्थ
आइतबार, ०५ पुस २०७७, १९ : २६
मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा खराबी देखिएको छ । वेभ सीरिज ‘कश्मीर फाइल्स’ सुटिङका लागि मसुरी पुगेका मिथुनको स्वास्थ्यमा अचानक समस्या देखिएको समाचार एजेन्सीले जनाएका छन् । समाचारका अनुसार उनलाई अचानक झाडा पखाला लागेको थियो । चिकित्सकको एक टोलीले उनी बसेको होटल सवाईमा पुगेर उनको उपचार गरेका थिए । उपचारपछि उनको स्वास्थ्यमा केही सुधार भएको छ ।
कामको कुरो गर्ने हो भने मिथुन पछिल्लो समय २०१९ मा थ्रिलर फिल्म ‘ताशकंत फाइल्स’ मा देखिएका थिए । फिल्ममा उनको साथमा श्वेता बासु र नसीरुद्दिन शाहको पनि अभिनय रहेको थियो । बलिउडका अलवा मिथुनले बंगाली फिल्म अभिनयमा पनि चर्चा पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा २२०० रुपैयाँ बढ्यो सुनको मूल्य
-
कोभिड-१९ महामारी चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबीमा ह्वाइट हाउसले के भन्यो?
-
माघ १९ : यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन
-
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
-
लगातार आठौँ बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण
-
आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिनेलाई कारबाही गर्न माग