प्रधानमन्त्री ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको ओली पक्षका एक नेताले जानकारी दिए ।
उनका अनुसार भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने छ । प्रतिनिधिसभा विघटनपछि बसेको नेकपा स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
बैठकले ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ ।
कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु सम्मेलित बैठकले लिएको निर्णयबारे रणनीति बनाउन भेला बोलाइएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण