संसद विघटनको सशक्त प्रतिवाद गर्ने तीन दलको निर्णय
काठमाडौं । तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा.मिनेन्द्र रिजालले जानकारी दिए ।
‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो । यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले रातोपाटीसँग भने, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’
बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ । बैठकमा नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँण र जसपाका डा.बाबुराम भट्टराई तथा राजेन्द्र महतो सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण