संसद विघटनको सशक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

काठमाडौं । तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा.मिनेन्द्र रिजालले जानकारी दिए ।
‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो । यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले रातोपाटीसँग भने, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’
बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ । बैठकमा नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँण र जसपाका डा.बाबुराम भट्टराई तथा राजेन्द्र महतो सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य