राजीनामालगत्तै वर्षमानले छाडे क्वार्टर, आजैदेखि बालुवाटारस्थित डेरामा
आइतबार, ०५ पुस २०७७, १८ : ४१
ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुनका प्रेस संयोजक दयानिधि भट्टले आजैदेखि पुन बालुवाटारस्थित डेरामा सरेको जानकारी दिए ।
‘राजीनामा दिएसँगै सामान धमाधम सार्ने काम भइरहेको छ । लगभग सबै सामान आजै सारिसकिनेछ’, उनले भने, ‘उहाँ आज क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्नुहुन्छ ।’
मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता