राजीनामालगत्तै वर्षमानले छाडे क्वार्टर, आजैदेखि बालुवाटारस्थित डेरामा
आइतबार, ०५ पुस २०७७, १८ : ४१
ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुनका प्रेस संयोजक दयानिधि भट्टले आजैदेखि पुन बालुवाटारस्थित डेरामा सरेको जानकारी दिए ।
‘राजीनामा दिएसँगै सामान धमाधम सार्ने काम भइरहेको छ । लगभग सबै सामान आजै सारिसकिनेछ’, उनले भने, ‘उहाँ आज क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्नुहुन्छ ।’
मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण