संसद विघटनअघि नै ओलीविरुद्ध अविश्वास प्रस्ताव : प्रचण्ड नयाँ प्रधानमन्त्रीका लागि प्रस्तावित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु अघि नै नेकपाका ९० सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका छन् । नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ ।
९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।
प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ । यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण