बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई संसद् विघटन मान्य छैनः कोइराला

आइतबार, ०५ पुस २०७७, १८ : ०४
आइतबार, ०५ पुस २०७७

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् विघटन काँग्रेसलाई मान्य नहुने बताएका छन् । प्रेस युनियन मोरङले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले ‘संसद् विघटनको कदम असंवैधानिक हो’ भने । उनले प्रधानमन्त्रीलाई संविधानको कुुनै पनि धारामा संसद् विघटन गर्ने अधिकार नभएको दावी गरे ।

संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुुगेको भन्दै केन्द्रीय सदस्य कोइरालाले सबै राजनीतिक दल विरोधमा लाग्नुुपर्नेमा जोड दिए । उनले भने, “लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुुपर्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप