ओलीविरुद्ध नेकपाकै कार्यकर्ता सडकमा
आइतबार, ०५ पुस २०७७, १७ : २४

सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘गैह्र संवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारबाजी गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने