ओलीविरुद्ध नेकपाकै कार्यकर्ता सडकमा
आइतबार, ०५ पुस २०७७, १७ : २४
सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘गैह्र संवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारबाजी गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण