ओलीको पक्षमा थापा र भट्ट किन उभिए ?
आइतबार, ०५ पुस २०७७, १७ : २०

काठमाडौं । पूर्वमाओवादी तर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमको पक्षमा उभिएका छन् ।
ओलीको संसद विघटन गर्ने कदमप्रति प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिँदा गृहमन्त्री थापा र उद्योगमन्त्री भट्ट सहभागी भएनन् ।
प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका हुन् ।
सात मन्त्रीले सिंहदरबारमा राजीनामाको घोषणा गर्दा बादल र भट्ट प्रधानमन्त्री ओलीसँग बालुवाटारमा सँगै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी