ओली प्रधानमन्त्री नभई समूहका नाइके हुन्: मातृका यादव
महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक संस्कार नभएको आरोप लगाएका छन् । आईतबार बर्दिवासमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन महोत्तरीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले केपी शर्माओलीको चरित्र र व्यवहार राजनीतिक दलको नभई गुण्डाहरुको ग्याङको रहेको आरोप लगाए ।
उनले नेकपा पार्टीलाई नै धरापमा पुर्याउने व्यक्ति कदापि नेता हुन नसक्ने भन्दै नेता यादवले प्रधानमन्त्री ओली गुण्डाहरुको नाइके भएको आरोप लगाए । प्रधानमन्त्री ओली राजनीतिक भन्दा पनि षड्यन्त्र गर्न निपुण रहेको नेता यादवको आरोप थियो ।
उनले भने– ‘प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको समाचारले मलाई आशचर्यचकित तुल्याएको छैन ।’ उनले अघि थप्दै भने– ‘म ओली प्रवृत्तिको भुक्तभोगी हुँ र त्यसैले मैले कमरेड प्रचण्डलाई यसतर्फ पटक–पटक सचेत समेत गराएको हुँ । उनी हिरो होईनन्, भिलेन हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण