राजीनामा दिँदै मन्त्रीहरुले भने– संघीयता र गणतन्त्र बचाउन लागिरहने छौँ
आइतबार, ०५ पुस २०७७, १६ : ४७
काठमाडौ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गर्दागर्दै उक्त कदम रोेक्न नसकेको मन्त्रीहरुले बताएका छन् । सिंहदरवारमा सामूहिक राजीनामा दिँदै उर्जामन्त्री रहेका वर्षमान पुनले संविधानको कार्यान्वयन र नेकपाले जनमत पाएको कोणबाट पनि संसद विघटनमा जानु गल्ती हुन्छ भनेर भनेपनि नसुनिएको बताए । उनले गणतन्त्र र संघीयता बचाउने कुरामा आफूहरु लागिरहने प्रतिवद्धता जनाए ।
त्यस्तै घनश्याम भुषालले यो घटनाले कम्युनिस्ट आन्दोलन र वामपन्थीहरुलाई धेरै ठुलो क्षति पुर्याएको बताए । उनले पार्टीभित्रको विवाद समाधान गरेर जान खोज्दा खोज्दै पनि प्रधानमन्त्री गलत बाटोमा लागेको भन्दै यसले सकारात्मक संकेत नदिएको बताए ।
पुन लगायतका मन्त्रीहरुले संसद विघटन गर्ने प्रस्तावप्रति बिहान बसेको मन्त्रिपरिषद बैठकमा आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण