राजीनामा दिँदै मन्त्रीहरुले भने– संघीयता र गणतन्त्र बचाउन लागिरहने छौँ
आइतबार, ०५ पुस २०७७, १६ : ४७

काठमाडौ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गर्दागर्दै उक्त कदम रोेक्न नसकेको मन्त्रीहरुले बताएका छन् । सिंहदरवारमा सामूहिक राजीनामा दिँदै उर्जामन्त्री रहेका वर्षमान पुनले संविधानको कार्यान्वयन र नेकपाले जनमत पाएको कोणबाट पनि संसद विघटनमा जानु गल्ती हुन्छ भनेर भनेपनि नसुनिएको बताए । उनले गणतन्त्र र संघीयता बचाउने कुरामा आफूहरु लागिरहने प्रतिवद्धता जनाए ।
त्यस्तै घनश्याम भुषालले यो घटनाले कम्युनिस्ट आन्दोलन र वामपन्थीहरुलाई धेरै ठुलो क्षति पुर्याएको बताए । उनले पार्टीभित्रको विवाद समाधान गरेर जान खोज्दा खोज्दै पनि प्रधानमन्त्री गलत बाटोमा लागेको भन्दै यसले सकारात्मक संकेत नदिएको बताए ।
पुन लगायतका मन्त्रीहरुले संसद विघटन गर्ने प्रस्तावप्रति बिहान बसेको मन्त्रिपरिषद बैठकमा आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?