ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध प्रदर्शन (तस्बिरमा हेर्नुस्)
आइतबार, ०५ पुस २०७७, १६ : १४
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा विभिन्न पार्टी र उनीहरुका भ्रातृ संगठनले विरोध प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ, विवेकशील र अनेरास्ववियुका कार्यकर्ताले बानेश्वर र माइतीघरमा प्रदर्शन गरेका हुन् ।
नेविसंघले ओलीको कदमविरुद्व माइतीघरमा कोणसभा गरेको छ भने अनेरास्ववियु र विवेकशीलले संयुक्त रुपमा ओली कदमविरुद्ध नारावाजी गर्दै बानेश्वरतर्फ लागेको छ ।
प्रधानमन्त्री ओलीले संसदको ५ वर्षे कार्यकाल पुरा हुनुअघि नै संसद् विघटनको प्रस्ताव गरेपछि राष्ट्रपतिले सरकारको उक्त प्रस्ताव प्रमाणित गरेकी थिइन् । जसअनुसार संसद भंग भएको छ भने आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तोकिएको छ ।
































तस्बिरहरु : सुवास श्रेष्ठ र कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण