ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध प्रदर्शन (तस्बिरमा हेर्नुस्)
आइतबार, ०५ पुस २०७७, १६ : १४

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा विभिन्न पार्टी र उनीहरुका भ्रातृ संगठनले विरोध प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ, विवेकशील र अनेरास्ववियुका कार्यकर्ताले बानेश्वर र माइतीघरमा प्रदर्शन गरेका हुन् ।
नेविसंघले ओलीको कदमविरुद्व माइतीघरमा कोणसभा गरेको छ भने अनेरास्ववियु र विवेकशीलले संयुक्त रुपमा ओली कदमविरुद्ध नारावाजी गर्दै बानेश्वरतर्फ लागेको छ ।
प्रधानमन्त्री ओलीले संसदको ५ वर्षे कार्यकाल पुरा हुनुअघि नै संसद् विघटनको प्रस्ताव गरेपछि राष्ट्रपतिले सरकारको उक्त प्रस्ताव प्रमाणित गरेकी थिइन् । जसअनुसार संसद भंग भएको छ भने आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तोकिएको छ ।
तस्बिरहरु : सुवास श्रेष्ठ र कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म