प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरकुंशताको पराकाष्ठा : जसपा
आइतबार, ०५ पुस २०७७, १५ : ५२

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेको छ ।
प्रतिनिधिसभा विघटनको कार्यलाई जसपा नेपालले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै त्यसको विरोध गरेको छ । जसपा नेपालले सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई सो कदमको प्रतिवाद गर्न आह्वान समेत गरेको छ ।
यसको बारेमा पार्टीले बैठक बसेर थप निर्णय गर्ने जानकारी गराउँदै पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्था माथि गरिएको गम्भीर प्रहार रहेको टिप्पणी गरेका छन् । उनीहरुले यो अधिनायकवाद र निरकुंशताको पराकाष्ठा रहेको पार्टीले ठहर गरेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो