प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरकुंशताको पराकाष्ठा : जसपा
आइतबार, ०५ पुस २०७७, १५ : ५२
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेको छ ।
प्रतिनिधिसभा विघटनको कार्यलाई जसपा नेपालले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै त्यसको विरोध गरेको छ । जसपा नेपालले सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई सो कदमको प्रतिवाद गर्न आह्वान समेत गरेको छ ।
यसको बारेमा पार्टीले बैठक बसेर थप निर्णय गर्ने जानकारी गराउँदै पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्था माथि गरिएको गम्भीर प्रहार रहेको टिप्पणी गरेका छन् । उनीहरुले यो अधिनायकवाद र निरकुंशताको पराकाष्ठा रहेको पार्टीले ठहर गरेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण