
कोरोनाबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ भने यो साता मलेसियामा १ जना, र केन्यामा १ जना नेपालीको निधन भएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत रहेको हो । शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या ३ सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा मात्र २ लाख ५३ हजार १ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् भने ती मध्ये २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना मुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ७ सय ७७ जनाको ज्यान गएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ