सुरक्षा चुनौतिबारे प्रधानसेनापति र पृतनापतिहरुबीच छलफल
काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे प्रधानसेनापपति पूर्णचन्द्र थापाले उच्च सैन्य अधिकारीसँग छलफल गरिरहेका छन् । प्रधानसेनापति थापाले पृतनापतिहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेका हुन् ।
विकसित घटनाक्रमबाट आउनसक्ने सम्भावित सुरक्षा चुनौतिबारे प्रधानसेनापती थापाले पृतनापतीहरुसँग छलफल गरिरहेको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
सैन्य प्रवक्ता पौडेलले भने–‘यस्तो छलफल नियमित पनि हुन्थ्यो, अहिले थप सुरक्षा चुनौती आउँछ कि भन्ने हो, त्यसबारे छलफल जारी छ ।’
छलफलमा नेपाली सेनाको ८ जना पृतनापति सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटनको सिफारिस गरेपछि आईतबार बिहान जंगी अड्डामा प्रधानसेनापति थापाले पिएओज मिटिङमा छलफल गरेका थिए ।
‘सुरक्षामा प्रभाव पर्छ कि भन्ने हाम्रो चासोको विषय हो’ सैन्य प्रवक्ता पौडेलले भने ।
विकसित राजनीतिक घटनाक्रम पछिको सुरक्षा परिस्थितीको सुक्ष्म निगरानी गर्न प्रधानसेनापति थापाले मातहतलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण