राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध आज रिट दायर नहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिसलाई सदर गरि दिएको विषयमा सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको छ । रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गरिनेछ ।
अधिवक्ता राजनकुमार निरौलाका भनाइमा सामान्यत ‘टि ब्रेक’ अघि प्रकृया सुरु गरियो भने मात्र रिट दायर हुन्छ । टि ब्रेकपछि प्रकृया सुरु गरिएका रिट दायर भएका घटना सायदै छैनन् । सर्वोच्च अदालतमा १ देखि २ बजेसम्म ‘टि टाइम’ हो । राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दिन ढिला भएको हो ।
त्यसमाथि रिट निवेदन दर्ता गर्न समय लाग्छ । रिट शाखामा पुगेर मात्र हु“दैन । रजिष्टार, मुख्य रजिष्टारले हेर्ने चलन छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको गम्भीर दुरुपयोग गरेर कू गरेका छन् । त्यसैले संविधान जोगाउन पनि रिट दायर गरेर अदालत गुहार्नुको विकल्प छैन । ‘रिट दायर हुन्छ म त्यसको तयारी गरिरहेको छु’, त्रिपाठी भन्छन् ‘दर्ता गर्न भोलि अदालत खुल्न बित्तिकै जान्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण