झलनाथ खनाल बालुवाटार प्रवेश, प्रचण्ड परामर्शमा
आइतबार, ०५ पुस २०७७, १४ : २६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार प्रवेश गरेका छन् । आइतबारका लागि तय भएकाे पार्टी स्थायी कमिटीकाे अन्याैलताकाबीच नेताहरू बालुवाटार आउने क्रम जारी छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्यसँग छफलमा रहेकाे बुझिएकाे छ ।
स्थायी समिति सदस्य रघुजी पन्तले प्रचण्डलगायतका नेता छलफलमा रहेकाे बताए । नेताहरूबीच परामर्श भइरहेकाले केही समयपछि स्थायी समिति बैठक बस्ने उनले बताए । केही संविधान विपरीतकाे निर्णय राष्ट्रपतिबाट राेकिने उनकाे विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण