प्रधानमन्त्रीको कदमः बालुवाटार आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिरहरु)
आइतबार, ०५ पुस २०७७, १४ : १६

प्रधानमन्त्री निवास बालुवाटार परिसर र आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेस गरेसँगै सो क्षेत्रमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको हो ।
सम्भावित प्रदर्शन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको हो । बालुवाटार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै गुप्तचर परिचालन गरिएको छ । यस्तै बालुवाटारमा शीर्ष नेताहरुको दौडधूप पनि बाक्लिएको रातोपाटीकर्मी लोकेन्द्र भट्टले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने