सिंहदरबारमा नेकपा सांसदहरुको भेला, प्रधानमन्त्रीको कदमको भर्त्सना
सिंहदरबारस्थित संघीय संसद् सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् ।
नेकपा सांसद जयपुरी घर्तीले भनिन्–‘अघि बिहान हामी केही सांसदहरु उपस्थित भएका थियौँ । प्रधानमन्त्रीले संसद् विगठनका लागि प्रस्ताव गरेको कुरा आयो । संविधान विपरित काम गरेको भनेर हामीले विरोध जनाएका छौँ ।’
प्रधानमन्त्री ओलीले संसद विगठन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेपछि संसदीय समितिको बैठक पनि स्थगित भएको छ । खेलकुद क्षेत्रका विभिन्न विषयबारे छलफलका लागि बोलाइएको प्रतिनिधिसभा अनर्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सो निर्णयपछि तरङ्गित भएका नेकपा सांसदहरु विभिन्न समूहमा छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण