संसद विघटन गर्ने ओलीको कदम ‘अप्रजातान्त्रिक’ : राष्ट्रिय जनमोर्चा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले संसद विघटनको सिफारिस गरेकोमा राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ ।
सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गर्ने र त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने कार्य गरेकोमा त्यसको भर्त्सना गरेका हुन् ।
सरकारको उक्त कदमलाई राष्ट्रिय जनमोर्चाले ‘अप्रजातान्त्रिक कदम’ एवं ‘गम्भीर गल्ती’ भनेको छ ।
‘प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको विवाद मिलाउन नसकेर मन्त्रिपरिषद्को निर्णयद्वारा प्रतिनिधिसभा विघटन गर्ने र त्यसको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने कार्यलाई राष्ट्रिय जनमोर्चाले अप्रजातान्त्रिक कदम एवं गम्भीर गल्ती मान्दछ,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको हामीले तीव्र विरोध र भर्त्सना गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण