ओलीको कदम असंवेधानिक र स्वेच्छाचारी : शान्ति समाज
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधि सभा बिघटनका लागि प्रधानमन्त्रीले गरेको सिफारिस असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको जनाएको छ ।
समाजले एक विज्ञप्ति जारी गर्दै २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि मन्त्रिपरिषदले राष्ट्रपति समक्ष गरेको सिफारिस असंबैधानिक, स्वेच्छाचारी एवम् अलोकतान्त्रिक भएको ठहर गरेको जनाएको हो ।
‘कुशासनमा लिप्त प्रधानमन्त्री केपी शर्मा ओलीको सनकका कारण गरिएको प्रतिनीधिसभा विघटनको यस्तो सिफारिस प्रतिगमनकै अर्को सिंढी भएको हुँदा लोकतान्त्रिक मुल्य मान्यताको संरक्षणका लागि र प्रतिगमनका कुनैपनि प्रपञ्चलाई परास्त गर्न लोकतन्त्र पक्षधरहरु सबै एक ठाउँमा उभिन समेत शान्ति समाज आग्रह गर्दछ,’ समाजले विज्ञप्तिमार्फत् भनेको छ । समाजले प्रतिनीधिसभा बिघटन भए सो बिरुद्ध मानव अधिकार तथा शान्ति समाज प्रदर्शनमा उत्रने र त्यसको शुरुआत प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि प्रदर्शनबाट प्रारम्भ गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण