ओलीको कदम असंवेधानिक र स्वेच्छाचारी : शान्ति समाज

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधि सभा बिघटनका लागि प्रधानमन्त्रीले गरेको सिफारिस असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको जनाएको छ ।
समाजले एक विज्ञप्ति जारी गर्दै २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि मन्त्रिपरिषदले राष्ट्रपति समक्ष गरेको सिफारिस असंबैधानिक, स्वेच्छाचारी एवम् अलोकतान्त्रिक भएको ठहर गरेको जनाएको हो ।
‘कुशासनमा लिप्त प्रधानमन्त्री केपी शर्मा ओलीको सनकका कारण गरिएको प्रतिनीधिसभा विघटनको यस्तो सिफारिस प्रतिगमनकै अर्को सिंढी भएको हुँदा लोकतान्त्रिक मुल्य मान्यताको संरक्षणका लागि र प्रतिगमनका कुनैपनि प्रपञ्चलाई परास्त गर्न लोकतन्त्र पक्षधरहरु सबै एक ठाउँमा उभिन समेत शान्ति समाज आग्रह गर्दछ,’ समाजले विज्ञप्तिमार्फत् भनेको छ । समाजले प्रतिनीधिसभा बिघटन भए सो बिरुद्ध मानव अधिकार तथा शान्ति समाज प्रदर्शनमा उत्रने र त्यसको शुरुआत प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि प्रदर्शनबाट प्रारम्भ गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास
-
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ
-
मटिहानीमा बन्यो पाँच शय्याको प्रसूतिगृह
-
जहाँ घरमा आगो भित्र्याएपछि मात्र होली सुरु हुन्छ
-
टाइम म्यागेजिनकाे विश्वका सय उत्कृष्ट ठाउँको सूचीमा नेपाल