संसद विघटनको प्रभावले सेयर बजारमा तीव्र गिरावट
आइतबार, ०५ पुस २०७७, १३ : १८

काठमाडौं । संसद विघटन गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेसँगै शेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आइतबार खुलेको बजार परिसूचक राजनीतिक अस्थिरताको संकेतसँगै घटेको हो ।
विघटनको समाचार बाहिरिनुअघि प्रिओपनिङ सेसनमा १४ अंकले बढेको बजार नियमित कारोबार सुरु भएसँगै करिब ९० अंकले घटेको थियो । त्यसपछि बजार केही सुधार भए पनि फेरि परिसूचकले नकारात्मक बाटो समातेको हो । कारोबार सुरु भएको सवा दुई घण्टामा परिसूचक ५० विन्दु घटेर कारोबार भइरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहसँगै सरकारमा संकट देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्रीको यो कदमको चौतर्फी विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह