ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

नेकपा नेता जनार्दन शर्मा प्रभाकरले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमले प्रधानमन्त्री ओलीले आफुलाई राष्ट्रिय स्वाधिनताका विरुद्धमा, निरंकुशतन्त्र र राष्ट्रघातको पक्षमा उभ्याएको बताएका छन् ।
अत्याधिक बहुमतको आफ्नो सरकार हुँदाहुँदै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नु संविधान र कुनैपनि कानुनअनुसार नभएको भन्दै उनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान र मुलुकको प्रचलित कानुन अस्वीकार गरेको पुष्टि भएको पनि बताए ।
‘प्रधानमन्त्रीको यो कदमबाट उनी आफु तानाशाही भएको पुष्टि भयो’, रातोपाटीसँग संक्षिप्त कुरा गर्दै पुर्वगृहमन्त्री समेत रहेका शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको विरुद्ध निरंकुशतन्त्र, राष्ट्रघात र आत्मसमपर्णवादको पक्षमा ओली रहेको पुष्टि भएको पनि बताए । शर्माले यस्तो असंवैधानिक कदमलाई राष्ट्रपतिले रोक्नुपर्नेमा जोड समेत दिए ।
यसअघि नै एक ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रभावशाली नेता जनार्दन शर्माले ‘ओलीले केपी ओलीले संविधानको अपहरण गरेको’ आरोप लगाएका छन् । उनले भनेका छन् :
‘केपि ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔ ।।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी