ओलीको कदमपछि नेकपा बैठक अन्योलमा
आइतबार, ०५ पुस २०७७, १२ : २६
१

काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि आजका लागि बोलाइएको नेकपा बैठक अन्यौलमा परेको छ । ५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच छलफल भइरहेको छ । गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति निर्धारण गरेको थियो ।
आज बिहानबाट विकसित राजनीतिक परिस्थितिपछि निर्धारित बैठक प्रभावित हुने देखिएको एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?