संसद् विघटनविरुद्ध नेकपाको युवा संगठनले देशभर प्रदर्शन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपालले विरोध गरेको छ । संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सो कदमको विरोधमा सडकमा उत्रिन युवाहरुलाई आग्रह गरेका छन् ।
प्रधामन्त्रीको असंवैधानिक कदमविरुद्ध राष्ट्रिय युवा संघ नेपाले देशभर विरोध प्रर्दशन गर्ने र आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘संसदीय सर्वोच्चता र जनताको अभिमतको अपमान हो । प्रधानमन्त्रीको यो कदमलाई संघर्ष गरेर सडकबाट फिर्ता गरिन्छ । अर्को उपाय भनेको कानूनी बाटो खोजिन्छ । ओलीलाई यहाँभन्दा थप निरङ्कुश हुन दिनेछैनौँ ।’ आजै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्र तथा बाहिरबाट चौतर्फी विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित