मन्त्रिपरिषद् बैठकमा ३ मन्त्रीले गरे प्रधानमन्त्रीको प्रतिवाद, तपाईंहरुको कुरा सुनेँ भन्दै हिँडे ओली
आइतबार, ०५ पुस २०७७, १२ : ०१
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका छन् । ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको प्रतिवाद गरेका हुन् ।
उनीहरुले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाँदा जनमतको अपमान हुने, असैवधानिक हुनेजस्ता गर्न गर्दै प्रतिवाद गरेका थिए ।
तर ओलीले कुनै तर्क नगरी तपाईँहरुको कुरा सुनेँ भन्दै हतारहतार निर्णय गराएर हिँडेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीले तीन मन्त्रीले प्रतिवाद गर्दा ओलीले कुनै सुनुवाइ नगरी ‘तपाईँहरुको कुरा सुनेँ, अब म हिँडे’ भन्दै बैठक सकिएको घोषणा गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण